सात तालका जग्गा फुकुवा गर्न प्रतिनिधिसभामा आवाज उठाए गुरुङले
पाेखरा | बैशाख २७, २०८०
पोखरा: प्रतिनिधिसभा सभा सदस्य मनबहादुर गुरुङले आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकमा पोखराको सात तालको सिमाना छुट्याएर रोक्का राखिएको जग्गा फुकुवा गर्न प्राथमिकतामा राख्न माग गरेको छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बौल्दै सांसद गुरुङले पोखरा महानगरपालिका साविकको लेखनाथ नगरपालिकाको सात तालको सिमाना छुट्याएर रोक्का रहेका जग्गा फुकुवा गर्न विनियोजन विधेयकको प्राथमिकतामा राख्न माग गरेका हुन् ।
‘पोखरा महानगरपालिकाका साविकको लेखानाथ नगरपालिका आज भन्दा १६ वर्ष अगाडि नेपाल सरकारको स्वीकृत नेपालको कै सात तालको शहर, गार्डेन सिटी अफ लेकका रुपमा गुरुयोजना बनाइएको थियो’, सांसद गुरुङले भने, ‘रुपा ताल बाहेक अन्य तालमा गुरुयोजना अनुसार काम भएको छैन, तालहरुको सिमाना छुट्टाएर रोक्का राखिएको जग्गा फुकुवा गर्न विनियोजन विद्येयकको प्राथमिकतामा राखियोस् ।’
उनले सात ताललाई गार्डेन सिटी अफ लेकको रुपमा गुरुयोजना बनाएर तालको संरक्षण, पर्यटन, विकास,रोजगार सिर्जना गर्ने उद्धेश्य राखेर अगाडि बढेपनि रुपा ताल बाहेरक अन्य तालमा योजना अगाडि बढ्न नसकेको बताए ।
साविकको लेखनाथ नगरपालिकाभित्रका बेगनास ताल, रुपा ताल, दिपाङ्ग ताल, खाष्टे ताल, न्यूरेनी ताल, गुँदे ताल, मैदी ताललाई गार्डेन सिटी आफ लेकको योजनामा अगाडि बढाइएको सांसद गुरुङको भनाई छ ।
सांसद गुरुङका अनुसार विज्ञहरुको सुझावमा गुँदे ताललाई ‘बल्जी ताल’, खाष्टे ताललाई ‘चरा हेर्ने ताल’, दिपाङ्ग ताललाई, ‘हनिमुन ताल’, मैदी ताललाई ‘योग गर्ने ताल’, बेगनास ताललाई ‘वाटर स्पोर्टस लेक’ र रुपा ताललाई ‘कायचिङ ताल’ नामाकरण गरेर विकास गर्ने उद्धेश्य रहेको बताएका छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

